चाबहिल चोकमा निर्मित आकाशे पुलको उद्घाटन

काठमाडौं । काठमाडौंको चाबहिल चोकमा निर्मित आकाशे पुल बुधबारदेखि संचालनमा आएको छ । आकाशे पुलको काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बुधबार उद्घाटन गरेका छन् । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।

२०७६ माघ ९ गते पुलको शिलान्यास गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर जिम्मेवारी पाएको थियो ।

आकाशे पुल बनेपछि चाबहिलको व्यस्त चोकमा बाटो काट्न सहज भएको छ । योसँगै वडा नम्बर आठको जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ ।

महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् । यो आवश्यकता पनि हो । उनले माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको र यो बर्ष अन्य ठाउँमा पनि आकाशे पुल निर्माण गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *