- 3Shares
बुटवल । बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष० अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको भएको हो । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिला रहेको अस्पतालले जानकारी दिएको छ ।
नवलपरासीका पुरुष गत शुक्रबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भएका थिए। दम र उच्च रक्तचापका बिरामी समेत रहेका उनको आज बिहान मृत्यु भएको हो। त्यस्तै, बुटवल–९ की ५५ वर्षीया महिला गत शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी थिइन। उनको आज बिहान साढे ५ बजे मृत्यु भएको थियो । सुख्खा खोकी र उच्च ज्वरो आएको भएपनि ती महिलामा अरु कुनैपनि दीर्घरोग थिएन ।
- 3Shares