अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायोः प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी आवासीय प्रमाणपत्र नदिने अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडाएको बतएका छन् ।

मंगलबार ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको बतएका हुन् । उनले लेखेका छन्, ‘अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ । यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ।यही हो ’नमुना पुँजीवादी लोकतन्त्र’ !’

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *