महिलाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ

काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका ११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

माझीलाई महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले हेटौंडा उपमहानगरपालिका १४ नयाँ बस्तीबाट सोमबार पक्राउ गरेको हो । माझीले २०७६ साल जेठ ५ गते काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ९ गोठाटारस्थित एक टहरोमा सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने ३६ वर्षीय पम्फा श्रेष्ठको हत्या गरेर फरार भएको महाशाखाका प्रमुख, एसएसपी दीपक जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *