काठमाडौं । एक्सलट्रिप नेपालले हरेक ग्राहकलाई तीन सय रुपैयाँ क्यास ब्याक दिने भएको छ । दशैं तिहारको उपलक्ष्यमा एक्सलट्रिपले होटल, फ्लाइट टिकटसँगै होलिडे प्याकेज बुकिङ गर्दा तीन सय रुपैयाँ निःशुल्क क्यास ब्याक दिने योजना ल्याएको हो ।
बुकिङबाट पाउने तीन सय रुपैयाँ संसारभरिका जुनसुकै होटल तथा प्लेनको टिकट बुकिङमा प्रयोग गर्न सकिने छ । त्यस्तै नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धन हाम्रो दायित्व भन्ने मूल नाराका साथ प्रोमोटिङ नेपाल र प्रोमोटिङ डोमेस्टिक टुरिवम नेपाल अभियान नै सञ्चालन गरेको छ ।
एक्सलट्रिपले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्ने पनि लक्ष्य लिएको छ । यसका लागि सम्बन्धित निकायसँग पनि छलफल सुरु गरिसकेकोे एक्सलट्रिपका उप–राष्ट्रिय निर्देशक शरद प्रधानले बताए । एक्सलट्रिप नेपालकै पहिलो ओटीए प्लाटफर्म हो ।
एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइट (xcletrip.com)बाट नेपालका ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढी होटल र संसारभर २३ लाख भन्दा बढी होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढी डेस्टिनेसनमा बुक गर्न सकिने छ ।
एक्सलट्रिपमा नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट फोनपेलगायत बैंकहरुको मोबाइल बैकिङ एप र सम्पूर्ण बैंक कार्ड प्रयोग गरि नेपाल भित्र वा अन्य देशको पनि होटल र एयरलान्स बुक गर्न सकिनेछ । एक्सलट्रिप नेपालले हाल जिरो प्रतिशत कमिसनमा हरेक होटल वा एयरलान्स बुकिङ सेवा प्रदान गर्दै आएको छ ।