मन्थली । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दोरम्बाको सानो शैलुङ्गमा ट्याक्टर दुर्घटना हुँदा चालक दोरम्बा गाउँपालिका वडा नम्बर ७ का २७ वर्षका पेमा लामा र ५५ वर्षका फुर्वा दोर्जे तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार काभ्रेको जिरोकिलोबाट डिजेल लिएर रामेछापको दोरम्बा गाउँपालिकाको सानो शैलुङ्गका लागि छुटेको ना ७ त ८७३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।