दिल्लीको बैंगलोरमाथि सनदार जित

  • 5
    Shares

प्रज्जवल थापा

इण्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि सनदार जित दर्ता गरेको छ । सोमबार साँझ भएको खेलमा दिल्लीले बैंगलोरलाई ५९ रनले पराजित गर्यो ।

दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा बैंगलोरले टस जितेर दिल्लीलाई ब्याटिङको निम्तो दिएको थियो । दिल्लीले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९६ रन बनायो । दिल्लीको सुरुवात भने राम्रो रह्यो । पहिलो ओभरको लागि पृथ्व शाह र शिखर धवनले ६८ रनको साझेदारी गरे । ६.४ ओभरमा मोहमद सिराजको बलमा आउट हुनुअघि पृथ्वले २३ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे । अर्का ओपनर शिखरले २८ बलमा ३२ रनको योगदान गरे । उनले ३ चौका प्रहार गरे ।

कप्ताम श्रेयस इएर ११ रन बनाउँदै मोइन अलिको बलमा देव्दत्त पडिक्कलबाट बाउन्ड्रीमा क्याच आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका पन्त स्टोनिसले सनदार ब्याटिङ गरेपछि दिल्ली ठुलो योगफलतिर लम्किएको थियो । पन्त र स्टोनिसले चौँथो विकेटको लागि ८९ रनको साझेदारी गरे । पन्त २५ बलमा ३७ रन जोडेर आउट भए । उनले ३ चौका र २ छक्का प्रहार गरे । स्टोनिसले २६ बलमा ५३ रन बनाउँदै सिजनको दोस्रो अर्धसतक पूरा गरे । उनले ६ चौँका र २ छक्का प्रहार गरे । अन्त्यमा हेटमायरले ७ बलमा ११ रन बनाए ।

बैंगलोरको लागि सिराजले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । यस्तै मोइन अलिले २ ओभरमा २१ रन दिएर १ विकेट लिँदा उडानाले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए ।

१९७ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले पूरा २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो । बैंगलोरको लागि कप्तान विराट कोइलीबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । ओपनर देव्दत्त पडिक्कल ४ रन जोडेर आउट भए । अर्का ओपनर १३ रन जोडेर अक्सर पटेलको बलमा आउट भए । त्यसपछि एबिडि भिल्लर्स २ चौकाको सहयोगमा ९ रन जोडेर नोर्तिजेको बलमा आउट भए । यस्तै कप्तान कोइली ३९ बलमा ४३ रन जोडेर रबडाको बलमा आउट भए । उनले २ चौका र १ छ्क्क प्रहार गरे ।

यस्तै मोइन अलि ११ रन बनाएर अक्सर पटेलको बलमा आउट भए । वासिङ्टन सुन्दर ११ बलमा ३ चौकाको मद्दतमा १७ रन जोडे । सिभम डुबेले ११, उडानाले १, नपदिप सैनीले १२, सिराज ५ रन जोडेर आउट भए ।

कगिसो रबडाले ४ ओभर बलिङ गर्दै २४ रन दिएर सार्वधिक ४ विकेट लिए । यस्तै नोर्तिजेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । अक्सर पटेलले ४ ओभरमा १८ रन दिएर २ विकेट लिदाँ आश्विनको नाममा एक विकेट रह्यो ।


  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *