चितवनमा कोरोना सङ्क्रमित ७० वर्षीय पुरुषको मृत्यु

  • 8
    Shares

चितवन । चितवनमा कोभिड–१९ सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएका भरतपुर महानगरपालिका–३ का ७० वर्षीय पुरुषको सोमबार राति ७ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि कोभिड आइसियुमा आइपुग्दा ती पुरुष मृतावस्थामा रहेको अस्पतालले जनाएको छ । मृतकका आफन्तका अनुसार ती उनलाई ज्वरो, खोकी र श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापको समेत समस्या थियो ।ती पुरुष चार दिनअघि कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *