बसन्त र सुनिताको ‘एक्लो सिमल’(भिडियोसहित)

लोक तथा दोहोरी गीतमा पछिल्लो समयका चर्चित गायक तथा संगीतकार बसन्त थापा र पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वरमा सजिएको बहु प्रतिक्षीत गीत ‘एक्लो सिमल’ बजारमा आएको छ ।

सर्जक तथा सङ्गीतकार वसन्त थापाको सङ्गीत, नवराज पन्तको शब्द र तारानाथ आचार्यको एरेञ्ज रहेको गीतमा सुस्मिता भण्डारी र समीर मल्लले अभिनय गरेका छन् ।

विनोद खड्काको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको उक्त गीतमा सङ्गीतकार वसन्त थापाकै निर्देशन रहेको छ । गीत बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा खिचिएको हो । गीतलाई वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *