प्रदेश राजधानी सार्न लागेको विरोधका प्रदेश पाँचका कांग्रेस सांसदद्वारा कुर्सी तोडफोड

  • 38
    Shares

बुटवल । प्रदेश सभामा नेपाली कांग्रेसका संसदहरुले संसदमा तोडफोड गरेका छन् । प्रदेशको नाम र राजधानी बुटवलबाट सार्ने प्रस्ताव गरिएपछि बिरोधमा उत्रेका कांग्रेस संसदहरुले सदन अवरोध गर्ने प्रयत्न गरेकोमा सभामुख पुर्ण बहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई समय उपलब्ध गराएपछि कांग्रेस सांसदहरू तोडफोडमा उत्रेका हुन् ।

कांग्रेस सांसद अस्टभुजा पाठक, बैजनाथ कलवार, वसिउद्दिन खाँलगायतका सांसदहरूले सभाभित्र रहेका कुर्सी उचालेर टेवलमाथी बजारेका हुन् । कांग्रेस सांसदहरुले विरोधमा नारावाजी गरि रहेका छन् ।


  • 38
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *