- 3Shares
काठमाडौं । डा. गोविन्द केसीको समर्थन गर्दै आवासीय चिकित्सकहरुले सोमबार शान्तिपूर्ण धर्ना दिएका छन् । २२ औँ दिनदेखि सत्याग्रहमा रहेका डा. केसीको माग पूरा गर्न दबाब दिनको लागि त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् ।
उनीहरूले सोमबारदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेकका अन्य सेवा ठप्प बनाएका छन् । विभिन्न नारा लेखिएका प्लेकार्डसहित आन्दोलनमा उत्रिएका उनीहरुले सरकारले २४ घण्टा भित्रमा वार्ता टोलीको गठन नगरेमा थप कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
आवासीय चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने बताएका छन् । २२ दिनदेखि आमरण अनशनमा रहेका केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
- 3Shares