मुम्बईको लगातार दोस्रो जित

प्रज्जवल थापा

इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार साँझ भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैरबादलाई ३४ रनले पराजित गरेको छ ।

शरजाह क्रिकेट रंगशालामा भएको खेलमा मुम्बईले टस जितेर पहिले ब्याटिङ गरेको थियो । मुम्बईले पूरा २० ओभर खेल्दै ५ विकेटको क्षतीमा २०८ रन बनाएको थियो । ओपनर रोहित शर्मा सस्तैमा गुमाएको मुम्बईले अर्का ओपनर डिककले राम्रो प्रदर्शन गरे । उनले ३८ बल खेल्दै ४ चौका र ४ छक्काको सहयोगमा ६७ रन बनाए । सुर्यकुमार यादव २७ रन जोडेर कौलको बलमा आउट भए । उनले १८ बलमा ६ चौका प्रहार गरे । इसान किसान २३ बलमा २ छक्का र १ चौकाको मद्दतमा ३१ रन बनाएर सन्दिप शर्माको बलमा आउट भए । यस्तै हार्दिक पाण्ड्यले २ चौका र २ छ्क्काको सहयोगमा २८ रन जोडे । काइरन पोलार्डले १३ बलम ३ छ्क्काको मद्दतमा २५ रन जोड्दा कुर्नाल पान्डयले ४ बलमा २ चौका र २ छक्का सहित २० रन जोडे ।

हैरबादका सन्दिप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यस्तै सिदार्थ कौल निकै महङ्गो साबित भए । उनले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिदा रसिद खानले २२ रन दिएर १ विकेट लिए ।

२०९ रनको विजयी सनराइजर्स हैरबादले २० ओभरमा ७ विकेटको क्षतीमा मात्र १७४ बनाउन सक्यो । हैरबादको लागि कप्तान डेभिड वार्नरले सार्वधिक ६० रन बनाए । उनले ४४ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे । जोनि ब्रेस्ट्रोले १५ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन बनाए । यस्तै मनिस पाण्डेले १९ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३० रन जोडेर जेम्स पट्टिसनको बलमा आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । अविशेक शर्माले १०, अब्दुल समदले २० रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

मुम्बईको लागि ट्रेन्ट बोल्टले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । जेम्स पेट्टिसनले ४ ओभरमा २९ रन दिएर २ विकेट लिए । जस्प्रित बुम्राले ४ ओभरमा ४१ रन दिएर २ विकेट लिदा कुर्नाल पाण्ड्यले १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *