डा. केसीसँग अविलम्ब वार्ता गर्न प्रधानमन्त्रीलाई देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीसँग अविलम्ब वार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गरी
केसीको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा अपील गरेका हुन् ।

केसी अनसन बसेको २१ दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर भएको उनले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षामा सुधारदेखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका केसीका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् । जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले शुरूवातमा डा. के.सी.प्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *