कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । थप केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । १४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले भोलि सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो ।

तर शुक्रबार गरिएको पीसीआर परीक्षणमा एक दर्जन भन्दा बढी नेतामा संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको हो । त्यस्तै कांग्रेसले पाँच दिनका लागि केन्द्रीय कार्यालसमेत बन्द गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *