- 3Shares
दशैं तिहार नजिकिँदै गर्दा सांगीतिक बजारमा दशैं तिहार सम्बन्धी सृजनाहरु आउन थालिसकेका छन् । पछिल्लो समय हाँस्ने खेल्ने निरकमल गीतबाट चर्चा बटुलेका गायक तथा सञ्चारकर्मी शरण हुमागाईंको पनि दशैं तिहारको सृजना परदेशी भाइ सार्वजनिक भएको छ ।
देशमा उचित रोजगारीको अवसर नहुँदा र साहुको ऋणले चुर्लुम्म डुबेपछि परदेशिनु परेको कथा समेटिएको गीत शक्ति नेपाल अनलाईन च्यानलबाट सार्वजनिक भएको हो ।
चाडबाडका बेला घर परिवार, आफन्त, ईष्टमित्र सबैबाट टाढा बन्दाको पीडा अनि दशै तिहार जस्ता पर्वमा घर शून्य बनेको यथार्थ समेटेको गीतको शव्द गायक स्वयम्ले नै लेखेका हुन् ।
म्यूजिक भिडियोमा उतार्न निर्देशक श्रीशक्ति बराईलीले निकै मेहनत गरेका छन् । गीतमा सूर्य तामाङ, इसारा रिजाल, रामशरण विसी, शान्ति तमाङ, सरोज गहतराज, सुमित्रा तमाङलगायतका कलाकारहरुले अभिनय गरेका छन् । शरण हुमागाईं र सावित्री श्रेष्ठको आवाजमा सजिएको गीतको लय तथा संगीत संयोजन विष्णु तामाङले गरेका हुन् ।
- 3Shares