काठमाडौं । कोरोना महामारीका कारण रक्तदान कार्यक्रमको आयोजना कम भइरहेका बेला जागरुक युवा समाज यें नेपाः ले शनिबार काठमाडौंमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । पुरानो ढल्कोमा शनिबार बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा १८ जनाले रक्तदान गरेका थिए । कोरोना कहरका कारण रगत अभाव हुनसक्ने भन्दै रगत अभाव हुन नदिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।









