काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुसँगै सरकारी निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको हो ।
अरु सुरक्षाकर्मीहरुको रिपोर्ट आउन बाँकी छ । अन्यको रिपोर्ट आएपछि यो संख्या थपिने सम्भावना रहेको बताइएको छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार तथा उनीहरुका चालक एवम् प्रधानमन्त्रीका स्वकीय सचिवलाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
यद्यपि बिहीरबार गराइएको परीक्षणबाट भने प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्य भने संक्रमणरहीत छन् ।
र, याे पनि पढ्नुहाेस्
बालुवाटार छिर्यो कोरोना: प्रधानमन्त्रीको सल्लाहकार टीमलाई संक्रमण