चेन्नाईको लगातार तेस्रो हार

  • 4
    Shares

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२० मा चेन्नाई सुपर किङ्सले लगातार तेस्रो हार बेहोरेको छ । शुक्रबार राति भएको खेलमा चेन्नाई सनराइजर्स हैदरावादसित ७ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो । सनराइजर्सको लागि प्रियम गार्गले सार्वधिक ५१ रन जोडे। उनले २६ बलको सामना गर्दै ६ चौका र १ छक्का प्रहार गरे ।

कप्तान डेभिड वार्नरले २९ बल खेल्दै ३ चौकाको मद्दतमा २८ रन जोडे । मनिस पाण्डेले २१ बलम ५ चौकाको साथमा २९ रन बनाए। यस्तै अन्त्यमा अविषेक शर्माले २४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३१ रन जोड्दा ओपनर ब्रेस्ट्रो, विलियमसनले दोहोरो अङ्क बनाउन सकेनन् ।

चेन्नाईको लागि दीपक चहारले ४ ओभर बलिङ गर्दै ३१ रन दिएर सार्वाधिक २ विकेट लिए । सार्दुल ठाकुरले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिँदा चावलाले ३ ओभरमा २० रन दिएर १ विकेट लिए ।

१६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र बनाउन सक्यो । अन्त्यमा रवीन्द्र जडेजा र कप्तान महेन्द्र सिंह धोनीले बाहेक अन्य ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् ।

ओपनर वाट्सनलाई १, अम्बती रायडुलाई ८, फाफ डुप्लेसीलाई २२ रनमा गुमाएको चेन्नाईलाई धोनी र जडेजाले सम्मानजनक स्कोरमा पुर्याएका थिए । कप्तान धोनीले ३६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ४७ रन जोडे । यस्तै रवीन्द्र जडेजा ५० रन बनाएर नतार्जनको बलम आउट भए ।

उनले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । सम करनले २ छक्काको मद्दतमा ५ बलमा १५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

हैदरावादको लागि नतार्जनले सार्वाधिक २ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चिए । भुवेश्वर कुमारले ३.१ ओभरमा २० रन दिएर १ विकेट लिए । अब्दुल समदले ४ ओभरमा ४१ रन दिएर १ विकेट लिए ।


  • 4
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *