चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रबार मृतावस्थामा गैँडा फेला परेको हो । गैँडा एक÷दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ ।

पोष्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए । गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ । यसअघि गत भदौं २१ मा निकुञ्जमा एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको थियो । निकुञ्जमा चालु आर्थिक बर्षमा मात्र चार गैँडाको मृत्यु भैइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *