सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

बैठक शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । प्रधानमन्त्रीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपाका शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएको बेला सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् । सरकारले शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *