त्रिपुरेश्वरमा बसमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न एक बसमा अचानक आगलागी भएको छ । राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको बसमा आगो लागेको हो ।

बसबाट निस्किएको आगो आसपास रहेका विद्युत्का तारसम्म समेत पुगेको बताइएको छ ।

आगलागीबाट बसमा क्षति पुगेको छ । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *