USAID

मकवानपुर र रुपन्देहीमा गरी थप दुई कोरोना संक्रमितको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट मकवानपुरको हेटौंडाका एक पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा हेटौंडाका ७८ वर्षीय पुरुषको शुक्रबार बिहान साढे सात बजे मृत्यु भएको हो ।

स्वासप्रवासमा जटिल समस्या तथा निमोनियासमेत देखिएकोले अस्पतालको कोभिड आईसियुमा भर्ना गरि उपचार शुरु गरिएको थियो । स्वास्थ्य अवस्था थप जटील हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारको सबै उपायहरु गर्दा गर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यसैगरी रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते राति अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *