शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

काठमाडौं । सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रमकामा कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग, उपप्रमुख सविता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सविता रसाइली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए ।

सूर्य नेपाल कम्पनीले विगत लामो समयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारलगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पुर्याउँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *