बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका १२ ठेचो बस्ने ६० वर्षीय हेमकाजी महर्जन डंगोललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७१ मंसिर २१ गतेको फैसलाले बैकिङ कसुर मुद्धामा १ करोड ६५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *