रुपन्देही र सुनसरीका गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । बुटवल सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन् ।

असोज १२ गते स्वास्थ्यमा समस्या भई पीसीआर जाँच गराउँदा उनमा पोजिटिभ देखिएको थियो । बुटवल ८, सुख्खानगरका ८० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति ११ः३५ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । उनी त्यसपछि होम आइसोलेसनमा बसेका थिए ।

उनको स्वास्थ्यमा थप समस्या आएपछि बुधबार कोरोना अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा मुटु रोग र उच्च रक्तचापको समस्या थियो । योसँगै अस्पतालमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–६ का पुरुषको गएराति पौने १० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनी बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर प्रतिष्ठानमा आएका थिए । उनमा असोज १४ गते नै विराट मेडिकल कलेजमा कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *