पाकिस्तानमा भएको विस्फोटमा चार जनाको मृत्यु, १२ घाइते

  • 1
    Share

पाकिस्तानको उत्तरी प्रान्त खैबर पाक्थुन्क्वा प्रान्तको मार्दन नगरमा बुधबार अपरान्ह भएको शक्तिशाली विस्फोटमा परी चार जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । मार्दनको गज बजार क्षेत्रमा शक्तिशाली विस्फोट भएको बताइएको छ ।

उक्त विस्फोट कसले र किन गरेको हो भन्ने बारेमा केही पत्ता लागेको छैन । प्रहरीले यस विस्फोटका बारेमा खोजी गरिरहेको बताइएको छ । यस विस्फोटमा उक्त क्षेत्रका कतिपय भौतिक संरचामा पनि क्षति पुगेको बताइएको छ । प्रहरीले विस्फोटमा परी चार जनाको ज्यान गएको र अरु १२ जना घाइते भएका जानकारी दिएको छ । विस्फोटको कारणबारे अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *