आफूहरुका माग पुरा नभए पर्यटन बोर्डमा तालाबन्दी गर्ने पर्यटन मजदुरहरुको चेतावनी

  • 1
    Share

काठमाडौं । राज्यलाई तिर्दे आएको रकमबाट आफूहरुलाई राहत प्रदान गर्नुपर्ने भन्दै पर्यटन मजदुर संघर्ष समितिले बुधबार पर्यटन बोर्ड अगाडि धर्ना दिएको छ । कोरोनाका कारण रोजगारी गुमाएका पर्यटन मजदुरहरुलाई राज्यले उपेक्षा गरेको र कुनै राहतका कार्यक्रम नल्याएको भन्दै पर्यटन मजदुरहरु आन्दोलित भएका हुन् ।

लामो समयदेखि श्रम गर्न नपाउँदा भौकै मर्ने स्थिति आएकाले सरकारसँग सहयोग मागेको तर अहिलेसम्म सुनुवाइ नभएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ । आफूहरुको माग पुरा नभए पर्यटन बोर्डमा तालाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

धेरैपटक पर्यटन बोर्ड, पर्यटन विभाग र टानसँग आफ्ना समस्या राख्दा समेत सुनुवाई नभएकाले बोर्ड अगाडी धर्ना दिइएको सर्घष समितिका संयोजक प्रकाश राईले बताए ।

उनीहरुले ५ वर्ष यता मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको रकम १५ करोड रुपैयाँ पुगेको तर त्यही रकम मजदुरको हितमा खर्च गर्न समेत सरकारी निकायहरुले नमानेको गुनासो गरेका छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *