मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुली गरेको आरोपमा डेभिड पक्राउ

काठमाडौं । प्रहरीले मलेसियामा नेपाली कामदारलाई बन्धक बनाएर करिब १६ लाख रुपैयाँ असुल गरेको आरोपमा डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले श्रेष्ठलाई महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो ।

श्रेष्ठले मलेसियामा श्रीमती सहितको सहयोगमा दाङका मध्म रैदासलाई बन्धक बनाएर नेपालमा रहेकी श्रीमतीसँग १६ लाख रूपैयाँ असुलेका प्रहरीले जनाएको छ । उनीहरूले रैदासको राहदानी आफ्नो कब्जामा लिई पीडितलाई नेपाल आउनसमेत नदिई अघोषित रुपमा हालसम्म पनि बन्धक जस्तै बनाई राखेको जाहेरी परेपछि ब्युरोले कारवाही थालेको थियो । ब्युरोले श्रेष्ठ नेपाल आएको मौकामा पक्राउ गरेको हो ।

श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने समेतको कुराहरु बुझिन आएको र अन्य व्यक्तिहरुलाई समेत पीडित मध्म रैदासलाई गरे जस्तै अपराध गरेको हुनसक्ने देखिएकोले सो समेत अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *