काठमाडौं । वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोरोना संक्रमण भएपछि श्रम स्वीकृति बन्द भएको छ । ताहाचलस्थित कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अनिश्चितकालका लागि सेवा बन्द गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ ।
जसका कारण नयाँ श्रम स्वकृतिका काम रोकिएका छन् । विदामा आएकाहरुको पुनः श्रम स्वीकृतिको काम भने प्रदेशबाट हुने गरेको छ ।
