भारतका उपराष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

नयाँ दिल्ली । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्थानीय संचार माध्यमले जनाएका छन ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्विट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको छ। उनलाई घरमै आइसोलेसनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
यता भारतमा कोरोना संक्रमितको संख्या ६२ लाख नाघेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका र ९७ हजारको कोरोना सङ्क्रमणका कारण ज्यान गइ सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *