कोरोनाविरुद्धको खोपका लागि राष्ट्रसंघद्वारा ३५ अर्ब अमेरिकी डलरको माग

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उनले बताएका छन् ।

“विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,” उनले भने ।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिए । विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आ–आफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए ।

न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उनले विश्वको ध्यान जानुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *