आर्मेनिया–अजरबैजान युद्ध भीषण रुप लिँदै, कम्तिमा ८० जनाको मृत्यु

  • 3
    Shares

यरेवान । आर्मेनिया र अजरबैजानबीच विवादास्पद क्षेत्र नागोर्नाे काराबाखलाई लिएर शुरु भएको युद्धले भीषण रुप लिइरहेको छ । सोमबारदेखि जारी युद्धमा दुबै देशले एक अर्कामाथि ट्याक, तोप र हेलिकोप्टरबाट घातक हमला गरेको आरोप लगाएका छन् ।

अहिलेसम्म ८० भन्दा धेरैको मृत्यु भएको र सयौं संख्यामा घाइते भएका बताइएको छ । युद्धले विकराल रुप लिइरहँदा ती देशको समर्थनमा रहेका रुस र टर्की पनि यस युद्धमा मुछिन सक्ने सम्भावना बढ्दै गएको छ ।

आर्मेनियाली फौजले सोमबार विहानै टारटार सहरमा गोलाबारी सुरु गरेको अजरबैजानको रक्षा मन्त्रालयले दावी गरेको छ । यसैबीच युद्ध रातभरी जारी रहेको र अजरबैजानले विहानै घातक हमला गरेको आर्मेनियाली अधिकारीहरुले बताएका छन् ।

दुबै पक्षबाट ट्यांंक, तोप, ड्रोन र लडाकु विमानद्वारा हमला भइरहेको छ । अजरबैजानका रक्षा मन्त्रालयले इन्टरफ्याक्स समाचार एजेन्सीलाई युद्धमा आर्मेनियाका ५ सय ५० भन्दा धेरै सैनिक मारिएको जानकारी दिएको छ ।


  • 3
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *