आर्सनलमाथि लिभरपुलको जित

प्रज्जवल थापा ।

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले आर्सनलाई ३-१ गोल अन्तरले हराएको हो । एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । २५ औं मिनेटमा लिभरपुलका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा लकाजाट्टेले गोल गरेका थिए । २८ औं मिनेटमा सलाहले हानेको बल आर्सनलका किप्पर लिनोले सेभ गरेपछि फर्केको बलमा मानेले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए ।

३४ औं मिनेटमा एन्ड्रिउ रोबर्टसनले गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो। ८० औं मिनेटमा मानेको ठाउँमा मैदान छिर्दै लिभरपुलको लागि डेब्यु गरेका डिएगो जोटाले ८८ औं गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । यससँगै लिभरपुल तीन खेलमा तीन जितसहित ९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *