शंखरापुर नगरपालिकाद्वारा प्रहरी निरीक्षक पन्थीलाई २५ हजार नगदसहित सम्मान

काठमाडौ । काठमाडौंको शंखरापुर नगरपालिकाले आफूले निर्वाह गर्नुपर्ने भूमिका इमान्दारिताका साथ निर्वाह गर्दै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै प्रहरी निरीक्षक गोविन्द पन्थीलाई पुरस्कृत गरेको छ ।

कोभिड-१९ को विश्वव्यापी महामारी नियन्त्रणमा यस नगरपालिकासँग सहकार्य र समन्वय कायम राख्दै उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै प्रहरी निरीक्षक पन्थीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले एक कार्यक्रमकाबीच प्रहरी निरीक्षक पन्थीलाई पुरस्कार प्रदान गरेका हुन् । यस अघि पनि उनलाई प्रहरी बृत्त बौद्ध, परिसर काठमाडौ र महानगरिय प्रहरी कार्यालय रानिपोखरीले समेत पुरस्कृत गरेको थियो ।

उनी प्रभाग साँखुमा आएपछि १४ महिनाको अबधीमा कुनै चोरीका घटना नघटेको र घटित घटनामासमेत तत्कालै कानुनी दायरामा ल्याउन सफल भएका थिए । जसका कारण उनी स्थानीयको आँखाको नानी बन्न सफल भएका थिए ।

जनस्तरबाट नगरपालिकाबाट उपत्यकाभित्र नगदसहित प्रशंसापत्र प्राप्त गर्ने निरीक्षक पन्थी नै एक मात्र अधिकृत भएको बताइन्छ । उनको हालै मानव बेचबिखन ब्यूरोमा सरुवा समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *