पद्मश्री साधना सम्मान नलिने साहित्यकार प्रश्रितको घोषणा

काठमाडौं । साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने घोषणा गरेका छन् ।
सम्मान घोषणा भए लगत्तै आफ्ना बारेमा फैलाइएको अपवाहले भ्रम उत्पन्न भएको भन्दै साहित्यकार प्रश्रितले सम्मान नलिने घोषणा गरेका हुन् ।

सोमबार विज्ञप्ति प्रकाशित गरी उनले सम्मानका लागि आफूलाई छनौट गरेकोमा आयोजक खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन् । ‘तर समाचार प्रकाशित भए लगत्तै अप्रमाणित विषय सुनियोजित रुपमा उठान गरी मेरो व्यक्तिगत चरित्र हत्या गर्न केही व्यक्ति तथा समूह लागेको सन्दर्भमा मैले यो पुरस्कार नलिने निर्णय गरेको छु,’ प्रश्रितले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खेमराज हरिकला समाज कल्याण परिषदले यसवर्षको पद्मश्री साधना सम्मान प्रश्रितलाई र सञ्जीव उप्रेतीको उपन्यास हंसलाई पद्मश्री साहित्य पुरस्कार दिने घोषणा गरेको थियो । तर उपन्यासकार उप्रेतीले यौन हिंसाको आरोप लागेका लेखकसँग एउटै मञ्चमा बसेर पुरस्कार नलिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *