म्यानचेस्टर सिटीको लज्जास्पद हार

इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीले लज्जास्पद हार बेहोरेको छ । आइतबार राति भएको खेलमा लेस्चर सिटीले म्यान्चेस्टर सिटीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । म्यान्चेस्टरको मैदान इतिहाद रंगशालामा भएको खेलमा लेस्चर सिटीको जितमा जेमी भार्डीले ह्याट्रिक गर्दा मेडिसन र टेलिमानसले एक/एक गोल थपे । म्यान्चेस्टरका लागि महारेज र एकेले एक/एक गोल गरे ।

खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । चौथो मिनेटमा मारेजको गोलमा सिटिले अग्रता लिएको थियो। ३६ औ मिनेटमा वल्करले भार्डीलाई फउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै लेस्चरलाई बराबरीमा ल्याएका थिए । ५४ औं मिनेटमा कास्टिङेको पासमा भार्डीले गोल गर्दै लेस्चरलाई खेलका अग्रता दिलाएका थिए ।

५७ औ मिनेटमा भार्डीलाई फउल गरेपछि पाएको खेलको दोस्रो पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ७७ औं मिनेटमा मेन्डिको पासमा मेड्डिसनले गोल गर्दै लेस्चर सिटिलाई ४-१ गोलको अग्रता दिलाएका थिए । ८४ औ मिनेटमा रियाद महारेजको पासमा एकेले गोल गर्दै सिटी ४-२ को स्थितिमा आएको थियो । ८८ औ मिनेटमा टेलिमानसले गोल गर्दै लेस्चरको जित सुनिश्चित गरेका थिए ।

जितसँगै लेस्चर सिटी ९ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । म्यान्चेस्टर सिटी तीन अङ्कको साथमा १३ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *