रूसी विपक्षी नेता नाभाल्नीको स्वास्थ्यमा सुधार

रुसका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार आएको छ । उनको उपचार गरिरहेको बर्लिनस्थित अस्पतालका अनुसार उनी सोमबार अस्पतालको शैयाबाट उठेर छोटो समय हिँडेका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक मानिने नाभाल्नी चियामा रसायन मिसाएर दिएपछि बेहोस भएका थिए । नाभाल्नीलाई उपचारका लागि अगष्ट २२ मा उपचारका लागि रुसबाट जर्मनी ल्याइएको थियो ।

जर्मनीका रासायनिक हतियार विज्ञहरुले गरेको परीक्षणमा ४४ वर्षीय नाभाल्नीलाई दिइएको खानामा सोभियतकालीन स्नायुसम्बन्धी तत्व (नोभिचोक) मिसाएर दिइएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *