रौतहट र बारामा २६ कोरोना संक्रमित थपिए

वीरगञ्ज । प्रदेश नम्वरको बारा र रौतहट २६ जना कोरोना संक्रमित थपिएका छन । वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित थपिएको अस्पतालले जानकारी दिएको छ ।

रौतहटका २३ जना र बाराका तीनजनामा संक्रमण देखिएको हो । रौतहटको गरुडामा रहेको सिभिल बैंकका ४ र राष्ट्रिय बाणिज्य बैंकका चार जनामा संक्रमण पुष्टि भएको हो ।

गरुडा स्थित सशस्त्र प्रहरी बेसका दुईजना, इलाका प्रहरी कार्यालय गरुडाका एकजना संक्रमण देखिएको हो ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका– ४ मा एक जना, वडा नम्बर १२ मा एक जना र प्रसौनी गाउँपालिका २ मा एकजनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *