कोरोना संक्रमित महिलाको मृत्यु

बीरगन्ज । बाराकी एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। बारा डुमरवानाकी ५५ वर्षकी महिलाको मृत्युपछि कोरोना पुष्टि भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान उपचारको लागि ती महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

डाइबिटिज र निमोनियाको समेत समस्याले पीडित महिलामा कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

मृत्युपश्चात् उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोमा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *