USAID

कोरोना संक्रमणबाट कपिलवस्तुको शिवराज नगरपालिकाका दुई जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट कपिलवस्तुका थप दुई जनाको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचाररत शिवराज नगरपालिका वडा नम्बर पाँचका ५८ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनी दमको बिरामी थिए । उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत शिवराज नगरपालिका वडा नम्बर पाँचकी ४७ वर्षीया महिलाको आज बिहान ४ः३० बजे मृत्यु भएको भएको छ । उनी मिर्गौला तथा उच्च रक्तचापको बिरामी थिइन् । उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । यससँगै कपिलवस्तुमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *