बुटवल । रुपन्देहीको लुम्विनी प्रादेशिक अस्पताल र भीम अस्पतालमा मा उपचाररत दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज नगरपालिका ५ का दुईजनाको मृत्यु भएको अस्पतालले जनाएका छन्।
भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।