लिभरपुलकाे जितमा सलाहको ह्याट्रिक

-प्रज्ज्ल थापा

तनहूँ । इङलिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा लिभरपुल भएको छ । हिजो राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई ४-३ गोल अन्तरले हराएको छ ।

एन्फिल्डमा भएको निकै रोमाञ्चक खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे । डिफेन्डिङ च्याम्पियन लिभरपुलले सुरुमै अग्रता लिएको थियो । सलाहले हानेको बल रोबिन कोचको हातमा लागेपछि पाएको पेनाल्टीमा गोल गर्दै सलाहले लिभरपुललाई चौँथो मिनेटमा अगाडि बढाएका थिए ।

तर लिभरपुल अग्रता धेरै बेर टिकेन । लिड्स युनाइटेडको लागि १२ औँ मिनेटमा कल्भिन फिलिप्सको पासमा ज्याक ह्यारिसनले गोल गर्दै खेल बराबरी ल्याए । २० औँ मिनेटमा रोबर्टसनको कर्नर बलमा भान डेजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिए पनि यसै सिजन प्रिमियर लिगमा बढुवा भएको लिड्सले फेरि बराबरी गर्यो । ३० औँ मिनेटमा बामफोर्डले गोल गर्दै फेरि लिड्सलाई बराबरीमा ल्याएका थिए ।

३३औँ मिनेटमा सलाहले व्याक्तिगत दोस्राे गोल गर्दै खेलमा ३-२ गोलले अगाडि बढाएका थिए । ६६ औँ मिनेटमा किल्चले गोल गर्दै लिड्सलाई हारबाट बचाउने प्रयास गरेका थिए । उनले हेल्डर कोस्टाको पासमा गोल गरेका थिए । यस्तै ८८ औँ मिनेटमा रोड्रीगोले फर्मिनोलाई पेनाल्टी क्षेत्रमा फल गरेपछि पाएको खेलको दोस्राे पेनाल्टीमा गोल गर्दै सलाहले लिभरपुलको जित सुनिश्चित गरेका थिए । यस गोलसँगै सलाहले ह्याट्रिक पूरा गरे । राम्रो प्रदर्शन गरेको लिड्सले डिफेन्डिङ च्याम्पियनसँग हारबाट जोगाउन सकेन ।

यस्तै प्रिमियर लिगको अन्य खेलमा क्रिचल प्यालेसले साउथ्ह्याप्टमलाई हराउदा न्यु क्यास्चलले वेस्ट ह्यामलाई हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *