बंगलादेशले उपलब्ध गराएको पाँच हजार थान ‘रेमडेसिभिर’ औषधि नेपाल ल्याइयो

काठमाडौं । बंगलादेशले कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिभिर नामक औषधि सहयोग स्वरुप नेपाललाई उपलब्ध गराएको छ ।

नेपाली सेनाको स्काई ट्रक मार्फत शनिबार साँझ पाँच हजार थान ती औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सहायकरथी आशिष नरसिह राणाको नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले ल्याएको उक्त औषधि आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *