कोरोनाका १२०१ संक्रमित थपिए, ८५२ जना डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका १ हजार २ सय १ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार १ सय ७६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै २४ घण्टामा ८ सय ५२ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । याे संख्याअनुसार नेपालमा डिस्चार्ज हुनेको अनुपात ७० दशमलव ६ प्रतिशत रहेकाे छ । 

यस्तै देशभर हाल १५ हजार २ सय ६० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितमध्ये आइसीयूमा १ सय ६० जनाको उपचार भइरहेको छ भने २४ जना भेन्टिलेटरमा छन् ।

नेपालमा कोरोनाबाट हालसम्म ३ सय ३६ जनाको मृत्यु भएको छ । पछिल्लाे २४ घण्टामा मात्रै १४ जनाको मृतकमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *