काठमाडौं । सत्तारुढ नेकपाका नेता भीम रावलले आफूले एमसीसी पारित गर्नुर्पछ भनेर स्थायी कमिटी बैठकमा भन्दै नभनेको बताएका छन् ।
शनिबार ट्वीट गर्दै रावलले आफूले बोल्दै नबोलेको विषय प्रचार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्,‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’
शुक्रबारको स्थायी कमिटी बैठकमा रावलले एमसीसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएका खबर सार्वजनिक भएका थिए ।
