लमजुङ । बेँसीशहर नगरपालिका –८ स्थित लमजुङ जिल्ला अस्पतालमा आजदेखि बहिरङ्ग सेवा पुनःसञ्चालन गरिएको छ । जिल्लामा कोभिड –१९ संक्रमण तीव्र रुपमा फैलिन थालेको र अस्पतालमा समेत संक्रमण जोखिम बढेकाले बन्द गरिएको बहिरङ्ग सेवा पुनः शुरु गरिएको हो ।
अस्पतालमा करीब १० दिन अघिदेखि बन्द बहिरङ्ग सेवा जिल्लामा कोरोनाका संक्रमण केही न्यून देखिएपछि पुनः चलाइएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । अस्पतालको बहिरङ्ग कक्षमा अन्तरङ्ग र शल्यक्रिया गरेपछिका बिरामीलाई राख्न लागिएको छ । बहिरङ्ग सेवा भने अस्पताल परिसरमा त्रिपाल टाँगेर दिन थालिएको छ ।
अस्पताल ६० शय्याको रहेको छ । अस्पतालको आकस्मिक सेवा दिने भवनलाई आइसोलेसन कक्ष बनाइएको छ । हाल ५३ कोरोना संक्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । जिल्लामा ५५ महिलासहित २७८ कोरोना संक्रमित छन् । हाल ४६ महिलासहित १५८ कोरोना संक्रमितले जिल्लाका विभिन्न आइसोलेशनबाट उपचार गराइरहेका छन् ।
