काठमाडौँमा भोलिदेखि जोरविजोर प्रणालीमा सवारी साधन चल्ने ( आदेशसहित)

काठमाडौँ । आज मध्यरातदेखि सकिने काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो बनाइने भएको छ ।

तीन सातासम्म निषेध गरिएको निजी तथा सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणालीअनुसार सञ्चानलमा ल्याउने भएको छ । त्यसैगरी व्यापार व्यवसाय पनि मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याउन दिइने भएको छ । तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन ।

यसैगरी उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मल सञ्चालनका लागि पनि समय निर्धारण गरिएको छ ।  बिहान ११ बजेसम्म र साँझ फेरि ४ बजेपछि पनि सञ्चालनको अनुमति दिएको छ । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले भने, “निर्णय भइसकेको छ । केही समयमा के केमा निषेध र फूकुवा हो सार्वजनिक गर्छौं ।”

भदौ ३ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटक पटक थप गरिएको थियो । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श गरेपछि निषेधाज्ञालाई खुकुलो बनाउने निर्णयमा आज पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *