काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।
अनियमितताको आशंकामा शुक्रबार एन्फा कार्यालयमा पुगेको सीआईबीको टोलीले अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
उनका अनुसार एन्फासम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा आवश्यक अन्य कागजात तथा विवरणसमेत संकलन गरिने सीआईबीले जनाएको छ ।
