वीरगञ्ज । प्रदेश नम्वर २ का बिभिन्न जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएका छन ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा ४ वर्षका बालक देखि ६७ वर्ष उमेरका ३७ जना संक्रमिण थपिएका हुन।
सो अस्पतालमा परीक्षणमा पर्सा, बारा र रौतहट जिल्लाका गरि थप ३७ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमण देखिनेमा पर्साका ६, बाराका ९ र रौतहटका २२ जना रहेका छन ।
वीरगञ्ज महानगरपालिका– ११ मा दुई जना, २८ र ३२ मा एक एक जना, पटेर्वा सुगौली गाउँपालिकामा एक र चैनपुरमा एक जनामा संक्रमण देखिएको छ।
बाराको कलैया उप महानगरपालिकामा दुई जना, जितपुर सिमरा २ मा एक, बारागढी गाउँपालिकामा एक, कोल्हवी नगरपालिकामा तीन र इलाका प्रहरी कार्यालय बारागढीका एक जनामा संक्रमण देखिएको छ।
यस्तै रौतहटको दुर्गा भगवती गाउँपालिका ५ मा २२ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
