वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा उपचाररत बाराका एक पुरुषको निधन भएको छ ।
बाराको महागढीमाई नगरपालिका १० गन्जभवनीपुर टोलका ६० वर्षका पुरुषको सोमबार राति मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।
गत भदौ १४ गते ती पुरुषको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।